' कोभिड-१९ प्रकोपको लाभ उठाउँदै चीन'
hamrakura.com · Tue Sep 08 17:41:00 UTC 2020
काठमाडौं। अमेरिकी कूटनीतिज्ञ डेभिड स्टिलवेलले वुहानबाट सुरु भएको कोभिड-१९ को प्रकोप भएदेखि चीनले फाइदा लिइरहेको देशहरूमध्ये भारत एक रहेको बताएका छन् ।
“वुहानबाट कोरोना प्रकोप शुरु भएपछि पीआरसी (पीपुल्स रिपब्लिक चाइना) ले यस अवस्थाको फाइदा लिन खोजिरहेको देखिन्छ । मलाई लाग्छ, भारत यसको उदाहरण हो । बेइजिङमा रहेका हाम्रा साथीहरूलाई म शान्तिपूर्ण माध्यम र कुराकानीबाट यी चीजहरूको समाधान गर्ने उनीहरूको प्रतिबद्धता अनुसरण गर्न आग्रह गर्दछु,” स्टिलवेलले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)