भाटभटेनीमा ‘सपिङ’ गर्दा सामाजिक दुरी : ज्वारो परिक्षण र ह्याण्ड सेनिटाइजर प्रयोग गरेर मात्रै प्रवेश
pahilopost.com · Sat Apr 18 17:23:00 UTC 2020
गत शुक्रवारबाट भाटभटेनी सुपरमार्केटले काठमाडौंका विभिन्न ६ स्थानका आउटलेटबाट सेवा दिन शुरु गरेको छ। लकडाउन जारी भएपछि टंगालस्थित मूल सुपरमार्केटबाट मात्रै सेवा दिइरहेकोमा शुक्रवारबाट कंलकी, पुलचोक, महाराजगंज, कोटेश्वर र भक्तपुरका आउटलेटबाट पनि सेवा शुरु गरेको हो।
यी सबै आउटलेटहरु बिहान १० बजेदेखि ७ बजेसम्म खुला हुने कम्पनीले बताएको छ। सुपरमार्केटमा किनमेल गर्दा एकपटकमा १० जनालाई मात्र प्रवेश गर्न दिइएको छ। प्रवेशअघि ग्राहकको ज्वारो परिक्षण गरिने र ह्याण्ड सेनिटाइजर प्रयोग गराएर मात्र भित्र जान दिने कम्पनीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)