चितवनमा गाँजा बरामद गरी फर्किएका प्रहरीमाथि आक्रमण, एक राउन्ड हवाई फायर
baahrakhari.com · Fri May 08 17:59:00 UTC 2020
काठमाडौं । चीतवनमा गाँजा बरामद गरी फर्किएको प्रहरी टोलीमाथि शुक्रबार राति आक्रमण भएको छ । आक्रमणका कारण प्रहरीले प्रयोग गरेको बा १२ च २७१ नम्बरको गाडीका सिसा फुट्नुका साथै तीनजना प्रहरी घाइते भएका छन् ।
प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन एक राउन्ड हवाई फायर गरेको थियो । शुक्रबार दिउँसो प्राप्त गरेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय टाँडी चितवन बाट प्रहरी सहायन निरीक्षक हुसेन काजी राईको कमाण्डमा १० जनाको चितवनको राप्ति नगरपालिका-१२ धनमाग गैरी भन्ने क्षेत्रमा लागुऔषध गाँजा लुकाईछिपाई राखेको गाँजा बरामद गरेको थियो ।