सदर चिडियाखानाको आम्दानी १७ करोड ७५ लाख, लक्ष्यमा पुग्न सकेन
onlinekhabar.com · Thu Jul 20 00:30:32 GMT 2023
४ साउन, काठमाडौं । आर्थिक वर्ष २०७९/८० मा जावलाखेलस्थित सदर चिडियाखानाले १७ करोड ७५ लाखभन्दा बढी आम्दानी गरे पनि लक्ष्यमा पुग्न भने सकेन ।
गत आवमा उक्त स्थानमा १० लाख ८६ हजार छ सयले अवलोकन गरेका थिए । त्यसबाट १७ करोड ७५ लाख ७१ हजार आम्दानी गरेको चिडियाखानाले जानाएको छ । अवलोकनकर्ताले प्रवेश शुल्कस्वरूप तिरेको रकम नै यहाँको मुख्य आम्दानीको स्रोत हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)