नेपालमा भारतीय न्युज च्यानलहरुको प्रसारण बन्द
nayapage.com · Thu Jul 09 17:51:19 UTC 2020
काठमाडौं, २५ असार । विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरुले भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरेका छन् । च्यानल वितरक कम्पनीहरुले भारतीय समाचार च्यानलको प्रशारण विहिबार साँझदेखि बन्द गरेका हुन्।
बिहीबार साँझदेखि सरकारी स्वामित्वको दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोक्ने निर्णय भएको मेगा म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले बताए । भारतीय सञ्चार माध्यमले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी विरुद्ध लञ्छनायुक्त समाचार सामग्रीहरु प्रशारण गरीरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapage.com)