सहमति नभए प्रचण्ड-नेपाल खेमा प्रधानमन्त्रीविरूद्ध निर्णय गर्ने पक्षमा
setopati.com · Sat Jul 04 16:53:00 UTC 2020
दुई दिनदेखि स्थायी कमिटी बैठक रोकेर निकास खोज्ने प्रयास भए पनि पार्टीभित्रको विवाद झनै चुलिएको छ। प्रधामन्त्री केपी शर्मा ओली खेमा र पुष्पकमल दाहाल 'प्रचण्ड'-माधवकुमार नेपाल खेमा आ-आफ्नै अडानमा दृढ देखिँदै गएका छन्।
प्रधानमन्त्री ओलीले शनिबार साँझ मन्त्रीहरूलाई बालुवाटार बोलाएर आफूलाई 'हुलहुज्जत गरेर निकाल्न खोजिएको' भन्दै सत्ता नछाड्ने कुरा दोहोर्याए। उनले मन्त्रीहरूलाई पनि अब कतातिर लाग्ने भनेर कित्ता छुट्टयाउने समय आएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)