शेष घलेको प्रभावमा आरजुले खेलिन् दोहोरो भूमिका, अनि फुट्यो एनआरएनए
barnanmedia.com · Sat May 03 22:31:25 GMT 2025

शेष घलेले परराष्ट्र मन्त्री आरजु राणा देउवालाई माध्यम बनाएर विदेशमा रहेका नेपालीहरुको छाता संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई फुटाएका छन् । मन्त्री राणाकै उपस्थितिमा काठमाडौँको हायात होटलमा शनिबार एनआरएनएको लोगो प्रयोग गरी एउटा अनधिकृत समूहले कथित एकता महाधिवेशन उद्घाटन गरेको छ ।
सर्वोच्च अदालतको एउटा सन्दर्भ गुज्रिसकेको आदेशमा टेकेर शेष घलेले एनआरएनएका मुर्धन्य अभियन्ताहरुलाई बाहिर राखेर केही दर्जन मान्छे भेला पारेका छन् । अब तिनीहरुलाई नै ताली बजाउन लगाएर आफ्नो इशारामा नाच्ने मान्छेलाई अध्यक्ष र अन्य पदाधिकारीको टिको लगाइदिनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)