कोमामा पुगेको स्वास्थ्य बिमालाई ट्रयाकमा ल्याउने अन्तिम अवसर
barnanmedia.com · Sat May 03 22:29:02 GMT 2025

वार्षिक ३ हजार ५ सय प्रिमियम बुझाउदा १ लाख रुपैयाँसम्मको स्वास्थ्य सेवा। ५ जनाभन्दा बढी सदस्य रहेको हकमाप्रति सदस्य अतिरिक्त ७ सय खर्च गरेर वार्षिक १ लाखमा क्रमशः २० हजारका दरले औषधी उपचारको सुविधा थपिँदै जान्छ। जेष्ठ नागरिकले पैसा तिर्नु पर्दैन।
०७२ मा सुरु गरिएको स्वास्थ्य बिमाको योजना सुन्दा एकदम राम्रो छ। तर, व्यवहारमा ठिक उल्टो। बिमा गरेका बिरामीले गतिलो स्वास्थ्य उपचार नै पाउँदैनन्। स्वास्थ्य बिमाले समेट्ने औषधि समेत बाहिरबाट किन्नुपर्छ। अझ ठूला सरकारी अस्पतालले त यो सेवा धमाधम बन्द गर्न थालेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)