अमेरिकामा नेपाली ‘किड्स ट्यालेन्ट शो’
annapurnapost.com · Fri Jun 26 07:44:04 GMT 2026

अमेरिका (अन्नपूर्ण): अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) मेरिल्यान्डद्वारा आयोजित ‘दोस्रो किड्स ट्यालेन्ट शो–२०२६’ भएको छ । कार्यक्रममा प्रवासमा हुर्किएका नेपाली बालबालिकाहरूले गायन, नृत्य तथा नेपाली भाषा वक्तृत्वकलामा प्रतियोगितात्मक प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगिताको गायनतर्फ वरिष्ठ गीतकार सञ्जीव प्रधान तथा भगवान भण्डारी निर्णायक थिए । नृत्यतर्फ वरिष्ठ कलाकार उषा पौडेल, पूजा चन्द तथा सारंगा श्रेष्ठ निर्णायक र भने नेपाली भाषा वक्तृत्वकलातर्फ डा. रानी शाक्य, कवि सुनिता बस्नेत तथा कवि नीर थापा निर्णायक मण्डलमा रहेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)