राष्ट्रिय भूमि आयोग कञ्चनपुरको अध्यक्षमा ढुङ्गाना
mahendranagarpost.com · Sat Jan 15 16:52:30 GMT 2022
कञ्चनपुर- नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र ढुङ्गाना राष्ट्रिय भूमि आयोगको अध्यक्षमा नियुक्त भएका छन। माओवादीका युवा नेता ढुङ्गाना राष्ट्रिय भूमि आयोग कञ्चनपुरको अध्यक्षमा नियुक्त भएका हुन।
सरकारले ढुङ्गाना सहित २८ जिल्लामा भूमि आयोगको अध्यक्ष नियुक्त गरेको छ। अढाई दशकदेखि राजनीतिमा होमिएका ढुङ्गनालाई सरकारले भूमि आयोग कञ्चनपुरको अध्यक्षमा नियुक्त गरेको हो। ०५४साल विद्यालय जिवनबाटै कम्यूनिष्ट विद्यार्थी राजनीतिसंगै जनयुद्धमा होमिएका ढुङ्गाना माआवादी कञ्चनपुरको प्रभावशाली नेता मानिन्छन्।
स्रोतमा पूरा पढ्नुहोस् (mahendranagarpost.com)