साउन ८ गतेबाट विद्यार्थी भर्ना खुल्ला गर्ने निर्णय
ratopati.com
काठमाडौं । सरकारले साउन पहिलो हप्तापछि विद्यार्थी भर्नाका लागि प्रारम्भिक तयारीको प्रक्रिया सुरु निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । बैठकले तत्काल विद्यालयहरु नखोल्ने तर अभिलेखिकरणको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको जनाइएको छ ।
त्यसका लागि साउन ८ गतेबाट १५ गतेसम्म सामुदायिक विद्यालयका शिक्षकहरुलाई विद्यालय पुग्नुपर्नेछ । तर कतिपय विद्यालयहरुमा क्वारिन्टन समेत भएको हुँदा त्यसका लागि व्यवस्थापनको तयारी निर्णय समेत बैठकले गरेको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)