वैदेशिक रोजगारमा जानेको स्वास्थ्य परीक्षणमा लापरबाही
ekantipur.com · Mon Feb 26 00:58:13 GMT 2024
काठमाडौँ — वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षणका क्रममा चरम लापरबाही गरेको भेटिएको छ । श्रम मन्त्रालयद्वारा सूचीकृत २ सय १२ वटामध्ये ६७ वटा स्वास्थ्य संस्थाले मापदण्ड उल्लंघन गरी श्रमिकहरूको स्वास्थ्य परीक्षणमा चरम लापरबाही गरेको भेटिएको हो ।
श्रमिकहरूको स्वास्थ्य परीक्षणको गुणस्तरमा सुनिश्चितता प्रदान गर्न भन्दै श्रमले गत भदौ १२ मा उपसचिवको नेतृत्वमा विशेषज्ञसहितको अनुगमन टोलीलाई काठमाडौं उपत्यकाभित्र र उपत्यकाबाहिर रहेको स्वास्थ्य संस्थाहरूको अनुगमन तथा निरीक्षण गर्न पठाइएको थियो । अनुगमन टोलीले स्वास्थ्य परीक्षणमा चरम लापरबाही देखिएको औंल्याएको छ । अनुगमनमा श्रमिकको स्वास्थ्य परीक्षण नै नगरी रिपोर्ट तयार गर्ने गरिएको खुलेको हो । ‘सी ग्रेडको ल्याब सञ्चालन स्वीकृति पाएको भए पनि ल्याबको मापदण्ड पूरा छैन । न ल्याब कर्मचारी नै छन् । बाटोमा भेटिएका मान्छेलाई समातेर प्राविधिक देखाइएको छ । परीक्षणबिना नै स्वास्थ्य जाँचको रिपोर्ट तयार गरिएको भेटिएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘ती स्वास्थ्य संस्थाहरूसँग पर्याप्त ठाउँ पनि छैन । मैसिन औजार छैन, भएका पनि सञ्चालनमा छैनन् । अधिकांश मेडिकलमा मेसिन औजारका नाममा कम्प्युटर र प्रिन्टर मात्रै चालु अवस्थामा छन् ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)