मानव बेचबिखनमा मधेसी समुदाय ४६ प्रतिशतले प्रभावित
baahrakhari.com · Wed Dec 16 18:10:00 UTC 2020
काठमाडौं । मानव बेचबिखन तथा ओसारपसारमा मधेसी समुदाय सबैभन्दा बढी ४६ प्रतिशतले प्रभावित भएका छन् । जातीयताका आाधारमा विश्लेषण गर्दा मधेसी समुदायबाट बढी संख्यामा विदेशीभूमिमा मानव बेचबिखन हुने गरेको देखिएको हो ।
सञ्चार माध्यममा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी प्रकाशित सामाग्रीहरु २०७६ माथि गरिएको विश्लेषणात्मक प्रतिवेदनमाथि आज भएको छलफलमा यसबारे जानकारी दिइएको हो । पत्रकार विजय पौडेलले ०७६ वैशाखदेखि चैतसम्म सञ्चारमाध्याममा संप्रेषण भएका समाचार र समाचारमूलक सामग्रीमाथि अध्ययन गरी विश्लेषणात्मक प्रतिवेदन तयार पारेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)