सर्वदलीय वैठकमा कांग्रेसको बटमलाइनः लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूभाग
hamrakura.com · Tue May 26 18:08:00 UTC 2020
काठमाडौं। संविधान संशोधनका लागि सत्तारुढ दल नेकपा र नेपाली कांग्रेसको धारणा समान देखिएको छ। लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर अद्यावधिक गरिएको नक्सालाई संविधानको अनुसूचीमा राख्ने गरि हुन लागेको संविधान संसोधनको प्रस्तावलाई प्रधानमन्त्री केपी ओलीले सर्वसम्मत रुपमा पारित गर्ने चाहनामा कांग्रेसले राष्६्रिय सहमतिकव कुरा उठाएको हो।
प्रधानमन्त्रीले सर्वसम्मत संविधान संसोधन गर्ने चाहनालाई सहभागि कांग्रेसका नेताहरुले राष्ट्रिय सहमतिका साथ संविधान संसोधन गर्नुपर्ने बताएका थिए। वैठकमै सहभागि जनता समाजवादीका नेताहरुले पनि विगतमा पटक पटक सरकारसँग भएको सहमतिलाई ध्यान दिदै संविधान संसोधनको यो मेलोमा आफूहरुका मुद्धालाई समेटेर सर्वसम्मतीमै संसोधन गर्नुपर्ने बताएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)