सुदुरपश्चिम कोरोना संक्रमितको संख्या १०७ पुग्यो
ratopati.com
कैलाली । सुदुरपश्चिम प्रदेशमा (कोभिड–१९) कोरोना संक्रमितको संख्या १०७ पुगेको छ । संक्रमित हुनेमा १७ महिला र ९० जना पुरुष रेहेको जनाइएको छ । सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालय डोटीले आज गरेको मिडिया व्रिफिङ्गमा सो कुराको जानकारी दिइएको हो । प्रदेशमा ८२४५ जनाको स्वाब संकलन गरिएको र ७०४९ जनाको पिसिआर मेसिनबाट जाँच गरिएको जनाइएको छ । त्यसमध्ये ६९४२ जनाको रिपोर्ट नेगेटिभ छ भने १०७ जनामा संक्रमण पुष्टी भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले बताए । ११९६ जनाको नजिा आउन बाँकी रहेको र १८ जना संक्रमणपछि निको भई घर गइसकेको उनले बताए । प्रदेशमा २ जना संक्रमितको मृत्यु भइसकेको उनले जानकारी दिए । शुक्रबार र शनिबार गरी १७ जनामा संक्रमण पुष्टी भएको छ ।
सेती प्रादेशिक अस्पताल धनगढीमा रहेको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षमा संक्रमण पुष्टि भएको हो । संक्रमण हुनेहरुम डडेल्धुरा नवदुर्गा गाउँपालिका बस्ने वर्ष २१ को १ जना महिला, कैलालीको गोदावरी नगरपालिका बस्ने बर्ष ४१ का १ पुरुष, बझाङ्ग खप्तड छन्ना गाउँपालिका बस्ने बर्ष २५,३८,४०, ५७, ७० का ५ जना पुरुष र वर्ष ४० का १ जना महिला छन् । त्यसैगरी कञ्चनपुर महाकाली नगरपालिका बस्ने वर्ष ३८ का १ जना पुरुष, काठमाडौं कागेश्वरी मनहरा नगरपालिका बस्ने बर्ष १८, ३८ का २ जना पुरुष, अछाम मंगलसेन नगरपालिका बस्ने वर्ष ५२ का १ जना महिला, धनगढी उपमहानगरपालिका बस्ने वर्ष ५५ का १ जना महिला र कैलालीका गौरी गंगानगरपालिका बस्ने वर्ष १६, १८, २७, ३० का ४ जना परुषमा संक्रमण पुष्टी भएको कार्कीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)