त्रिवि शिक्षण अस्पतालमा अर्का कोरोना संक्रमित भेटिए
lokpath.com · Fri May 22 18:09:16 UTC 2020
काठमाडौं । राजधानीको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालको परिसरको मनमोहन कार्डियो एन्ड भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
उनीमा शुक्रबार कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले शुक्रबार मकवानपुरकी ५४ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको बताएको थियो । तिनै महिला टिचिङस्थित मनमोहन कार्डियो एन्ड भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत रहेको पाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)