आइपिएलः बैंगलोरलाई हराएर प्ले अफमा स्थान पक्का गर्यो दिल्लीले
farakdhar.com · Mon Nov 02 17:51:57 UTC 2020
दिल्ली क्यापिटल्सले सोमबार आबुधाबीमा खेलिएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले हराउँदै प्ले अफमा आफ्नो स्थान पक्का गरेको छ । दिल्लीको टिमले अब ५ नोभेम्बरमा आफ्नो पहिलो क्वालिफायर खेल खेल्नेछ ।
जितका लागि बैंगलोरबाट पाएको १ सय ५३ रनको लक्ष्य दिल्लीले १९ औं ओभरमा ४ विकेट गुमाएर हासिल गरेको थियो । दिल्लीका लागि शिखर धवनले ५४ र अजिंक्य रहाणेले ६० रन बनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)