कपिलवस्तुमा २८ एम्बुलेन्स तयारी अवस्थामा
baahrakhari.com · Sat Apr 18 17:45:00 UTC 2020
कपिलवस्तु । कोभिड–१९ रोकथामका तथा नियन्त्रणका लागि कपिलवस्तुमा २८ एम्बुलेन्सलाई तयारी अवस्थामा राखिएको छ । सङ्क्रमितलाई क्वारेन्टाइन र आइसोलेसन कक्ष वार्डसम्म पुर्याउनका लागि १० वटै स्थानीय तह तथा विभिन्न क्षेत्रका एम्बुलेन्सलाई तयारी अवस्थामा राखिएको हो ।
सङ्क्रमित भेटिए वा जटिल अवस्था आए सेवा दिने गरी एम्बुलेन्स तयार राखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । एम्बुलेन्स चालकले भने आफूहरुको सुरक्षा नभएको गुनासो गरेका छन् । एम्बुलेन्स चालक सङ्घका जिल्ला अध्यक्ष मधु बेल्वासेले कोरोनाको महामारीको समयमा आफूहरुले सेवा दिँदै आएको भए पनि पर्याप्तमात्रमा सुरक्षा साधन नभएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)