मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पर्‍यो पानी, प्रिमनसुनको संकेत

ratopati.com · Mon Feb 27 06:33:00 GMT 2023

काठमाडौं । बागमती र गण्डकीका केही स्थानमा आइतबार भारी वर्षा भएको छ। यस वर्ष हिउँदयाममा पानी नै परेन। तर, आइतबार वर्षासँगै हिउँदबाट प्रिमनसुन सुरु भएको संकेत देखिएको छ। पूर्वी पहाडमा पनि पानी परेको छ। त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा। विनोद पोखरेलका अनुसार काठमाडौंमा ५ मिलिमिटर वर्षा मापन भएको छ।

पोखरेलको अनुसार हुन त यो हिउँदको सिजन होइन। मार्च महिनाबाट मात्रै प्रिमनसुन सुरु हुन्थ्यो। तर, हालको क्रियाकलाप प्रिमनसुनको जस्तो भएको उनले बताए। ‘हिउँदको वर्षामा चट्याङ पर्दैन। प्रिमनसुनदेखि मात्रै चट्याङ सुरु हुने भएकाले आइतबारको वर्षा हिउँदको जस्तो छैन,’ उनले भने ‘त्यसैगरी सामान्यभन्दा तापक्रम पनि बढी भएकाले प्रिमनसुन सुरु भएको जनाउ दिएको छ।’

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)