मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मन्त्रीहरूको कूटनीतिक भेटमा परराष्ट्रका कर्मचारी अनिवार्य

nayapatrikadaily.com · Thu Jan 19 00:15:00 GMT 2023

मन्त्रीहरूले विदेशी कूटनीतिक नियोगका प्रतिनिधिसँग भेट गर्दा अनिवार्य रूपमा परराष्ट्र मन्त्रालयका कर्मचारी राख्नुपर्ने निर्णय सरकारले गरेको छ । मन्त्री तथा पदाधिकारीले आचारसंहिताविपरीत आफूखुसी विदेशी प्रतिनिधि भेट्न थालेपछि बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

कूटनीतिक आचारसंहिता, २०६८ मा पनि सार्वजनिक पद धारण गरेका व्यक्तिले विदेशी कूटनीतिज्ञ भेट्दा परराष्ट्रको अनिवार्य प्रतिनिधित्व हुनुपर्ने उल्लेख छ । तर, प्रधानमन्त्रीदेखि मन्त्रीहरूसम्मले त्यसको उल्लंघन गर्दै भारतीय, चिनियाँ र अमेरिकी कूटनीतिज्ञहरूसँग भेट गर्ने गरेका थिए । परराष्ट्र मन्त्रालयलाई त्यसको जानकारी नदिने परिपाटी थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)