कोरोना उपचारमा चरम लापरबाही: संक्रमण पुष्टि भएको तीन दिनपछि बल्ल संक्रमितलाई आइसोलेसनमा राखियो
swasthyakhabar.com · Wed May 20 17:53:00 UTC 2020
काठमाडौं- कोरोना भाइरसको संक्रमण पुष्टि भएको तीन दिनपछि बल्ल बाँकेका कोरोना संक्रमितलाई आइसोलेसनमा राखिएको छ। कोरोना पुष्टि भएपछि उनीहरुलाई छुट्याएर आइसोलेसनमा तत्कालै राख्दै उनीहरुको सम्पर्कमा आएकालाई परीक्षण गर्नुपर्ने मापदण्ड छ।
तर सरकारले बाँकेका ५९ जना कोरोना संक्रमितलाई २ दिनसम्म कोरोना पोजेटिभ नदेखिएकाहरु सँगै एकै ठाँउमा राखेर चरम लापरबाही गरेको छ। यति मात्र होइन सरकारले संक्रमण देखिएकाहरुलाई आइसोलेसनमा राखेर लक्षणका आधारमा आवश्यकता अनुसार उपचार प्रक्रिया समेत अगाडि बढाएन।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)