बेलायतमा थप १२९० को मृत्यु, ३७ हजार बढी संक्रमित
ratopati.com
लन्डन । बेलायतमा पछिल्लो २४ घन्टामा थप १२९० जना कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ । अघिल्लो दिनको तुलनामा मृतक संख्या ५३० ले कमी भएको हो । यससँगै बेलायतमा कोरना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९४ हजार ५८० पुगेको छ । बुधबार एकैदिनमा १८२० जनाको मृत्यु भएको थियो,जुन महामारीयताकै उच्च हो ।
सबैभन्दा बढी मृतक संख्याको आधारमा बेलायत विश्वभरमा पाँचौं स्थानमा पार्दछ । यसैगरी गएको २४ घन्टामा ३७ हजार ८९२ जान नयाँ कोरोना संक्रमित थपिएका छन् । नयाँ संक्रमितसँगै बेलायतमा कोरोना संक्रमितको संख्या ३५ लाख ४३ हजार ६४६ पुगेको छ । कोरोना संक्रमित संख्या बढेसँगै बेलायतमा कोरोना विरुद्धको खोपलाई तीव्रता दिइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)