पीसीआर नगरि हुम्ला प्रवेश गरेका २ जना स्वास्थ्यकर्मी प्रहरी नियन्त्रणमा
hamrakura.com · Thu Nov 19 17:45:00 UTC 2020
हुम्ला। बिहिवार जिल्ला बाहिरबाट हवाइजहाजमा सिमकोट आएका २ जना स्वास्थ्यकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लामा कोरोनाको संक्रमण बढी रहेका बेला पीसीआर नै नगरी हवाइजहाजबाट सिमकोट आएका कालिकोट र जाजरकोट जिल्लाका स्थानियवासी भए पनि अहिले २ जना स्वास्थ्यकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्लामा कोरोना भाइरसको संक्रमण वढ्न सक्ने भन्दै प्रहरीले पीसीआर नगरी जिल्ला भित्रिएकाहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरुलाई सिमकोट विमानस्थलमा स्थापना गरिएको हेल्थ डेक्समा चेकजाँचका क्रममा पीसीआर रिर्पोट माग्दा नदिए पछि पीसीआर नगरी आएको थाहा हुने बितिकै बिमानस्थल सुरक्षाका लागि खटिएका प्रहरीले बिमानस्थलबाटै नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रहरी कार्यालय श्रोतले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)