हेटौँडा अस्पतालमा कोरोना भाइरसका बिरामीलाई ‘सिस्टर रोबोट’बाट सेवा प्रदान गरिने
pahilopost.com · Wed May 06 17:27:18 UTC 2020
हेटौँडा : हेटौँडा अस्पतालले देशमा नै रोबोटमार्फत सेवा दिने पहिलो सरकारी अस्पतालका रुपमा नाम दर्ता गराउन लागेको छ। हेटौँडाको कर्रामा रहेको अस्पतालको आइसोलेसन वार्डमा ‘सिस्टर रोबोट’ राखिने भएको छ। इञ्जिनियर एसोसिएसन वाग्मती प्रदेश समितिमार्फत हेटौँडा अस्पताललाई प्राप्त ‘सिस्टर रोबोट’ हस्तान्तरण गरिएको छ।
सो रोबोट कोरोना भाइरसको जोखिम कम गर्न उपयोगी हुने जनाइएको छ। स्वास्थ्यकर्मीले बिरामीसम्म प्रत्यक्ष पुगेर जाँच गर्ने, औषधिलगायतका काम गर्नुभन्दा ‘सिस्टर रोबोट’को माध्यमबाट काम गर्दा जोखिम कम हुने भएकाले हस्तान्तरण गरिएको एसोसिएसनले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)