नारायणकाजी श्रेष्ठले एक वर्ष बैठक भत्ता नलिने
baahrakhari.com · Mon May 25 17:00:00 UTC 2020
काठमाडौं । राष्ट्रियसभा सदस्य तथा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले कोभिड–१९ कारण मुलुकले ठूलो चुनौतीको सामना गर्नुपरेको भन्दै एकवर्ष बैकठ भत्तावापतको कुनै पनि सुविधा नलिने बताएका छन् । उनले कोरोना प्रकोप स्वतन्त्र एवम् आत्मनिर्भर अर्थतन्त्र निर्माणको अवसर पनि बन्न सक्ने पनि बताएका छन् ।
माइक्रो ब्लगिङ साइट ट्विटरमा ट्विट गर्दै उनले लेखेका छन्, “कोभिड–१९बाट हाम्रो देशसमेत सबै क्षेत्रमा प्रभावित भएको छ । आगामी वर्ष आर्थिक क्षेत्रमा ठूलो चुनौतीको सामना गर्नुपर्ने निश्चित छ । तर यो स्वतन्त्र एवम् आत्मनिर्भर अर्थतन्त्र निर्माणको अवसर पनि बन्न सक्छ । त्यसको लागि दृढ संकल्पको खाँचो छ । पेट कसेर भए पनि देश बनाइ छाड्छौं । दुःख गरौं । फेरौं ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)