कर्णाली नेकपामा विवाद : अध्यक्षद्वयले ‘निष्कर्ष सुनाउने’
ekantipur.com · Sat Oct 17 17:11:58 UTC 2020
सुर्खेत — प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वासको प्रस्ताव आएपछि प्रमुख सचेतक हटाउनेलगायतका कदम सच्याउन कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई भनेका छन् । कर्णालीका नेताहरूसँग शनिबार भएको संवादमा उनले मुख्यमन्त्री तथा पार्टी संसदीय दलका नेताले प्रमुख सचेतकलाई कानुनी आधारमा जिम्मेवारीबाट हटाउन सक्ने भए पनि राजनीतिक हिसाबले नमिल्ने बताए ।
‘पहिलो त पार्टी एकीकरणको प्रक्रियामा चलिरहेका बेला अविश्वासको प्रस्ताव नल्याउनुपर्थ्यो,’ ओलीको भनाइ उद्धृत गर्दै छलफलमा सहभागी एक नेताले भने, ‘आइहालेपछि नआत्तिनुपर्थ्यो । तपाईंले जे गर्नुभयो त्यो गर्न नहुने काम हो, आफ्नो निर्णय सच्याउनुस् ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)