एकै दिन ११ जना संक्रमित पुष्टि, उदयपुरले उछिन्यो सबैलाई, नेपालभर कूल ४२
mysansar.com · Tue Apr 21 17:40:12 UTC 2020
कोभिड १९ को संक्रमण देखिन थाले यता आज सबैभन्दा बढी संक्रमित भेटिएको छ। आज एकै दिन ११ जनामा संक्रमण पुष्टि भएको छ। यो सबै उदयपुरका केस हुन्। योसँगै अब नेपालमा कूल संक्रमितको संख्या ३१ बाट बढेर ४२ पुगेको छ।
लकडाउनको म्याद वैशाख १५ मा सकिँदै गर्दा सबैलाई झस्काउने गरी उदयपुरबाट ठूलो संख्याको संक्रमण भेटिएको हो। प्रदेश नम्बर १ को उदयपुरले अहिले संक्रमितको संख्यामा नेपालका सबै ठाउँलाई उछिनिसकेको छ। त्यहाँ अहिलेसम्म भेटिएका संक्रमितको संख्या २४ पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (mysansar.com)