मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सुपथ पसलमा साढे आठ करोडको कारोबार

nayapatrikadaily.com · Fri Dec 15 00:40:00 GMT 2023

दसैँ–तिहार तथा छठका लागि सञ्चालित सुपथ पसलमा दुई प्रमुख सार्वजनिक संस्थान खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आठ करोड ७७ लाख ८९ हजारको कारोबार गरेका छन् ।

दुवै संस्थानले सरकारले तोकेको छुट मूल्यमा उपभोक्तालाई खाद्य वस्तु तथा खसी–बोका र च्यांग्रा बिक्री गरेका थिए । साल्ट ट्रेडिङका सूचना अधिकारी ब्रजेश झाका अनुसार २१ देखि ३ मंसिरसम्म सञ्चालन गरेको सुपथ पसलमा सात करोड आठ लाख रुपैयाँको कारोबार भएको थियो । साल्ट ट्रेडिङले यो अवधिमा ६ हजार एक सय ६३ टन चिनी बिक्री गरेको जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)