धादिङमा ६ जनाकाे आरडिटी पाेजेटिभ
farakdhar.com · Mon May 18 18:10:17 UTC 2020
धादिङमा गरिएको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) मा ६ जनाको पोजेटिभ देखिएको छ । सोमबार जिल्ला सदरमुकाम धादिङबेसी, गल्छी, गजुरी, ज्वालामुखीमा गरी दुई सय ३० जनाको आरडिटी परीक्षण गरिएको थियो । जसमा धादिङबेसीमा एक सय १४ जना, गजुरीमा ७५ जना, गल्छीमा ३५ जना ज्वालामुखीमा ६ जनाको परीक्षण गरिएको स्वास्थ्य कार्यालय धादिङका महामारी फोकल पर्सन दिपक अछामीले जानकारी दिए ।
जिल्लाको गजुरीमा गरिएको परीक्षणमा तीन जना सुरक्षाकर्मीमा आरडिटी रिपोर्ट पोजेटिभ आएको गजुरी गाउँपालिकाका स्वास्थ्य संयोजक डा.रामहरी रेग्मीले जानकारी दिए । त्यस्तै धादिङबेसीमा पनि तीन जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)