गण्डकीमा नेकपा गुट–गुटको भेलाः जे पनि हुन सक्छ, तयार रहौं
onlinekhabar.com · Sat Dec 12 17:33:21 UTC 2020
२७ मंसिर, पोखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शीर्ष नेतृत्वले पार्टीमा देखिएको संकट समाधान गर्न नसकिरहेका बेला गण्डकी प्रदेश र जिल्लास्तरमा पनि तीव्र गुटगत भेला भइरहेका छन् ।
सचिवालयले निकास दिन नसकेपछि विवाद स्थायी कमिटीमा पुगेको छ । र, २१ गते सुरु भएर स्थगित भएको नेकपा स्थायी कमिटीको बैठक भोलि आइतबार पुनः बस्दैछ । स्थायी समितिकै बैठक अगाडि शनिबारसम्म गण्डकी प्रदेश र अन्तर्गतका जिल्लाहरुमा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले छुट्टाछुट्टै भेला गरेका छन् । र, आफ्नो पक्षलाई भनेका छन्, ‘पार्टी चरम संकटमा छ । जुनसुकै बेला जे पनि हुन सक्छ, तयार अवस्थामा रहनुस् ।’
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)