अफगान वार्ता कतारमा सुरु, उद्घाटनमा कसले के भने ?
ratopati.com
एजेन्सी । कतारमा अफगान सरकार र तालिवानबीच ऐतिहासिक वार्ता सुरु भएको छ । झन्डै दुुई दशक लामो अफगान द्वन्द्व अन्त्यका लागि सरोकारवालाहरु एकै ठाउँमा जुटेको यो पहिलो अवसर हो । शनिबार दोहामा भएको शान्तिवार्ताको उद्घाटन समारोहलाई कोरोना भाइरस महामारीका कारण संयुक्त राष्ट्रसंघ, अमेरिका तथा विभिन्न देशका प्रतिनिधिहरुले भर्चुुअल सम्बोधन गरेका थिए । यो शान्ति वार्तामार्फत स्थायी युद्धविराम, महिला र अल्पसंख्यकको अधिकार, दशौं हजार तालिवानी लडाकुको निसशस्त्रीकरणलगायत विषयमा समाधान खोज्ने अपेक्षासहित सोमबारदेखि शान्ति सम्झौता सुुरु हुने अपेक्षा गरिएको छ । यसक्रममा संवैधानिक परिवर्तन, पावर–सेयरिङलगायत विषयमा पनि छलफल हुनेछ ।
अमेरिकामा आतंकवादी हमला भएको १९ औं वर्षगाँठको भोलिपल्टै यो वार्ता सुरु गरिएको हो । ११ सेप्टेम्बर २००१ को आक्रमण नै अफगानिस्तानमा अमेरिकी हस्तक्षेपको मुख्य कारण मानिन्छ । गत फेब्रुुअरीमा अमेरिका र तालिवानबीच अफगानिस्तानबाट अमेरिकी सेना हटाउने विषयमा छलफल भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)