मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

१४ वर्षपछि स्ववियु चुनाव हुँदै

ekantipur.com · Wed Dec 21 01:06:32 GMT 2022

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले पटक–पटक स्थगित हुँदै आएको स्वतन्त्र विद्यार्थी युनियन चुनाव गराउन तयारी थालेको छ । आगामी फागुनमा चुनाव गराउन विद्यार्थी संगठनसँग अनौपचारिक छलफलमा रहेको विश्वविद्यालयले मंगलबार डिनहरूसँग परामर्श गरेको छ ।

शिक्षाध्यक्षको अध्यक्षतामा रहेको विद्यार्थी कल्याण परिषद्को सिफारिसमा कार्यकारी परिषद्ले निर्वाचनको निर्णय गर्ने व्यवस्था छ । परिषद्मा ९ वटै संस्थान र संकायका डिन सदस्य रहन्छन् । विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका प्रमुख पशुपति अधिकारीले फागुन १४ गते नै चुनाव गराउने कि अघिपछि भन्नेमा टुंगो लागिनसकेको बताए । ‘बुधबार बैठक बसेर चुनावको निर्णय गर्छौं,’ अधिकारीले मंगलबार कान्तिपुरसँग भने, ‘मिति घोषणापछि विद्यार्थी संगठनबाट अनुमोदन गरेर अघि बढ्छौं ।’

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)