बलात्कारको आरोपमा दुई पक्राउ
baahrakhari.com · Wed Apr 22 18:10:00 UTC 2020
जितपुर । कपिलवस्तुको वाणगङ्गा नगरपालिका वडा नं ४ मा चार बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४५ वर्षीय र १७ वर्षीय युवक छन् । ती दुवै छिमेकी हुन् । अभियुक्तको नाम प्रहरीले गोप्य राखेको छ ।
प्रलोभनमा पारेर पाँच वर्षदेखि बालिकामाथि बलात्कार भएको पीडित परिवारले जनाएको छ । स्थानीयवासीले बन्दाबन्दी भए पनि घर बाहिर आई न्यायका लागि आवाज उठाएका छन् । पीडितहरुले अपराध गर्नुभन्दा पनि सहनु गलत भएको जनाउँदै उनीहरुलाई कारबाहीको माग गरेका छन् । रासस
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)