रुग्ण उद्योग चलाउने रुग्ण ढाँचा
annapurnapost.com · Tue May 23 00:23:13 GMT 2023
सरकारले उद्योग कलकारखाना आफैं चलाउने कि नचलाउने भन्नेमै एकमत छैन। हुने कुरा पनि होइन। राजनीतिक वाद र सिद्धान्तका आधारमा आआफ्नै तर्क र नीति छन्। दलीय दृष्टिकोण जे भए पनि सरकारको भने एउटै र प्रष्ट नीति आवश्यक हो। तर, जसै नेपालमा राजनीतिक अस्थिरतासँगै यसबारेको नीतिगत प्रस्टता पनि आउन सकेको छैन।
कतिपय सरकारी संस्थान र उद्योग कलकारखाना कुनै बेलाको सरकारले निजीकरण गर्यो, कति बन्द छन्, कतिपय रुग्ण अवस्थामा छन्। तर, हरेक सरकारले वार्षिक बजेटअघिको नीति तथा कार्यक्रममा त्यस्ता रुग्ण उद्योगमाथि सम्बोधन गर्न छुट्याउँदैनन्। सदा झै यसपालि पनि रुग्ण उद्योगलाई फेरि सञ्चालनमा ल्याइनेछ भन्ने बुँदा नीति तथा कार्यक्रममा परेकै छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)