अस्पतालमा कोरोनाका बिरामी भीड, उचित उपचार नपाएर भारतीय कलाकारको मृत्यु
ratopati.com
एजेन्सी । कोरोना महामारीका कारण उचित उपचार नपाएर एक भारतीय कलाकारको मृत्यु भएको छ । युएईमा रहेकी भारतीय शास्त्रीय संगित र नृत्य क्षेत्रकी चर्चित कलाकार दिपा नायरको मृत्यु भएको हो । उनको उचित उपचारको अभावका कारण मृत्यु भएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । युएईको दुबईस्थित कोरोना संक्रमित बिरामीहरुको भीड रहेको एक अस्पतालमा भर्ना गरिएकी उनको स्वास्थ्य उपचारका अभावमा मृत्यु भएको जनाइएको छ । ४७ वर्षीया दीपा युएई र भारतमा शास्त्रीय संगित र नृत्य क्षेत्रकी चर्चित अनुहार हुन् ।
उनी भारतको केरलाकी बासिन्दा हुन् । उनी युएईमा कार्यक्रम व्यवस्थापकको रुपमा समेत काम गर्ने गर्थिन् । खालिज टाइम्सलाई उदृत गर्दै जागरण डटकमले लेखेको छ, ‘दीपाले आइतबार उनको अलनाहदस्थि घरमा अन्तिम प्राण त्यागेकी हुन् ।’ उनका श्रीमान सुरज मौसादले भने, ‘हामीलाई लाग्छ कोरोना महामारी नभएको भए उनी बाँच्थिन् ।’ उनले दीपाको सन् २०११ मा पेटको शल्यक्रिया गरिएको बताए । उनलाई प्राय पेट दुखिरहने गरेको समेत उनले बताए । दुबईमा १९ वर्षदेखि बस्दै आएका सुरजले भने, ‘दीपा आइतबार बिहान सबैरै बिरामी परिन् । त्यसलगत्तै अस्पताल लिएर गइयो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)