प्राइम टिभीद्धारा स्वर्गीय पत्रकार अनिल गौतमको नाममा पुरस्कार स्थापना
reportersnepal.com · Wed Sep 23 17:54:30 UTC 2020
काठमाडौं, ७ असोज । प्राइम टाइम्स टेलिभिजनका भिडियो सम्पादक अनिल गौतमको निधन भएको १३औं दिनको पुण्य तिथिको अवसरमा पुरस्कार स्थापना गरिएको छ । टेलिभिजनले बुधबार श्रद्धान्जली सभाको आयोजना गरेको थियो । सोही सभालाई सम्बोधन गर्दै टेलिभिजनका अध्यक्ष ऋषि धमलाले अनिल गौतम स्मृति पत्रकारिता पुरस्कार को घोषणा गर्नुभएको हो । धमलाले २० हजार १ रुपैयाँ राशीको पुरस्कार स्थापना गर्ने घोषणा गर्नुभएको हो ।
पुरस्कारबारे जानकारी दिँदै टेलिभिजनका अध्यक्ष धमलाले विभिन्न संचारमाध्यममा आवद्ध पत्रकार तथा संचारकर्मीको योगदानको आधारमा उक्त पुरस्कार वितरण गरिने बताउनुभयो । पुरस्कार टेलिभिजनको स्थापना दिवस जेठ १५ गते हरेक वर्ष प्रदान गरिने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)