कोरोनाको संक्रमण फैलिन नदिन जुम्लामा जारी निषेधाज्ञा बिहीबारसम्म थप
reportersnepal.com · Tue Jun 02 17:34:21 UTC 2020
दैलेख, २० जेठ । जुम्लामा आज राति १२ बजेसम्म जारी रहेको निषेधाज्ञा बिहीबार राति १२ बजेसम्मको लागि थप गरिएको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिनको लागि जुम्लाको जिल्ला प्रशासन कार्यालयले भोलि (बुधबार) बिहान ९ बजेदेखि बिहीवार राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ।
यसअघि जारी निषेधाज्ञा मंगलवार राति १२ बजे सकिने भएपछि समय बढाइएको हो। प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले मंगलबार सूचना सार्वजनिक गरेर अत्यावश्यक सेवाबाहेक सबै सार्वजनिकस्थल, बजार, उद्योग, कलकार खाना बन्द गर्न आग्रह गर्दै पुनः निषेधाज्ञा जारी गरेका हुन्। FILE PHOTO
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)