माधव नेपालसहित एघार जनालाई एमालेको तीन प्रश्न
onlinekhabar.com · Sun May 23 17:49:29 GMT 2021
९ जेठ, काठमाडौं । नेकपा एमालेले बरिष्ठ नेता माधवकुमार नेपाल सहित एघार जनालाई २४ घण्टे स्पष्टीकरण पत्र पठाएको छ । केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले २४ घण्टाभित्र स्पष्टीकरण दिन पत्र पठाएका हुन् ।
स्पष्टीकरण पत्रमा तीन प्रश्न सोधिएको छ । पहिलो, २७ वैशाखको प्रतिनिधिसभा बैठकमा अनुपस्थित रहनुको कारण ? एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रस्ताव राखेको उक्त बैठकले माधव नेपाल समूहका २८ सांसद अनुपस्थित थिए । यद्यपि त्यसपछि ओली र नेपालबीच तीन पटक (३० र ३१ वैशाख, २ जेठ) वार्ता भएको थियो भने दुवै पक्षका नेताहरु सम्मिलित कार्यदल बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)