मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कोरला नाकामा भूमिगत पानी फेला

gorkhapatraonline.com · Mon May 18 01:54:12 GMT 2026

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ मा नेपाल–चीन जोड्ने कोरला (नेचुङ–लिजी) नाकास्थित दशगजा क्षेत्रमा भूमिगत पानीको परीक्षण सफल भएको छ । समुद्री सतहदेखि चार हजार ६५० मिटर उचाइमा अवस्थित कोरला नाकामा प्राकृतिक मुहान नभएपछि गत वैशाख २६ गतेदेखि प्राविधिक टोलीले ड्रिलिङ मेसिनमार्फत परीक्षण थालेको थियो । सो क्रममा आइतबार पानी निस्किएको हो ।

गाउँपालिका अध्यक्ष टसी न्हर्वु गुरुङले जमिनबाट १२० मिटर गहिराइमा पानी फेला परेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अब नाकामा खानेपानीको समस्या हुँदैन । थप भौतिक संरचना निर्माण गरेर पानीको उपयोग गर्छौँ ।”

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)

सम्बन्धित विषय