सुनसरीको देवानगन्जमा प्रहरी र भारतीय समूहबीच गोली हानाहान
deshsanchar.com · Thu Jul 16 17:09:00 UTC 2020
काठमाडौं- सुनसरीको देवानगन्जमा प्रहरी र भारतीय समूहबीच गोलि हानाहान भएको छ। सुनसरी प्रहरी प्रमुख कमल थापाले भारतीय मुलका २ जनालाई गोली हानी नियन्त्रणमा लिएको जानकारी दिए। घुँडामा गोली लागेका उनिहरुको उपचार भइरहेको छ।
हतियार बोकेको समूह रहेको सूचना पाएपछि प्रहरी उनिहरुलाई नियन्त्रणमा लिन देवानगन्ज-३ पुगेको थियो। प्रहरी पुग्नासाथ भारतीयको समूह फायरिङ गर्दै दशगजातर्फ जान खोजेपछि नियन्त्रणमा लिन फायरिङ गरेको प्रहरीले जनाएको छ। दुवैतर्फबाट १०/१२ राउन्ड फायरिङ भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)