उपत्यकामा निषेधाज्ञा बढाउनेबारे बुधबारमात्र निर्णय हुने
deshsanchar.com · Tue Aug 25 17:38:30 UTC 2020
काठमाडौं- उपत्यकामा निषेधाज्ञा लम्ब्याउनेबारे बुधबार मात्र निर्णय हुने भएको छ। मंगलबार अबेरसम्म तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक गृह मन्त्रालयमा बसेपनि निष्कर्षमाम पुग्न सकेन। त्यसअघि साँझ काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन प्रमुख र सुरक्षा प्रमुखबीच भएको बैठकमा एक साता लम्ब्याउने विषयमा छलफल भएको थियो।
भदौ ३ गते मध्यरातबाट काठमाडौं उपत्यकामा लागू भएको निषेधाज्ञा बुधबार राति सकिँदै छ। कोरोना संक्रमणको अवस्था उस्तै रहेको भन्दै निषेधाज्ञा लम्ब्याउने विषयमा सबै पक्ष सहमत भएको बुझिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)