अब निर्वाचन आयोगमा लिगलिगे दौड हुने : फुट्ने निवेदन पहिले कि जुट्ने निवेदन पहिले?
mysansar.com · Wed Apr 22 18:13:49 UTC 2020
कोरोना कहरको बेला गज्जबको राजनीतिक नाटक हेर्न पाइएको बुधबार मध्यरातसम्म। यो प्रकरण भोलिसम्म पनि जारी रहनेछ। हतारहतार पार्टी फुट्ने डरले राजपा र समाजवादी पार्टीबीच एकीकरण गर्ने सहमति त भयो। तर त्यसले कानुनी मान्यता पाउनका लागि निर्वाचन आयोगको निर्णय कुर्नुपर्छ। पार्टी जुट्नुअघि नै फुट्न अझै पनि प्राविधिक रुपमा सम्भव छ। अब निर्वाचन आयोगसम्म भोलि लिगलिगे दौडको आयोजना हुनेछ। उतिबेला लिगलिगे दौडमा जित्ने राजा भए जस्तै अब निर्वाचन आयोगसम्मको लिगलिगे दौडमा जो पहिलो भयो, उसले मान्यता पाउने हुनसक्छ।
राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को परिच्छेद–२ मा दल दर्ता तथा दलको व्यवस्थापन सम्बन्धी प्रावधान छ। यसमा छुट्टै नयाँ दल बनाउनको प्रावधान यस्तो छ-
स्रोतमा पूरा पढ्नुहोस् (mysansar.com)