पाकिस्तानी जेलबाट २२१ जना अफगान कैदी रिहा भई स्वदेश फिर्ता
barnanmedia.com · Thu Jan 15 21:15:01 GMT 2026

गत हप्ता पाकिस्तानी जेलबाट रिहा भएका २२१ जना अफगान कैदीहरू सुरक्षित रूपमा अफगानिस्तानमा फर्केको अफगानिस्थानको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले बिहीबार घोषणा गरेको छ ।
कानुन बमोजिम आवाश्यक कागजातको अभावका कारण विभिन्न पाकिस्तानी जेलहरुमा बन्दी बनाएर राखिएका कैदीहरू रिहा भए सँगै दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डक सीमा पार गरेर अफगानिस्तानमा प्रवेश गरेको जनाइएको छ । मन्त्रालयका अनुसार उनीहरुले आवाश्यक मानवीय सहयोग आफ्नो गृह प्रान्तमा पुग्नु अघि नै सीमाबाट भित्रिने वित्तिकै प्राप्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)