अष्टलक्ष्मीलाई दोस्रो पटक पछ्याउँदै मुख्यमन्त्री पद
dekhapadhi.com · Mon Apr 27 17:43:39 UTC 2020
काठमाडौं। तत्कालीन नेकपा एमालेको ९ औं महाधिवेशनबाट उपाध्यक्ष निर्वाचित नेतृ अष्टलक्ष्मी शाक्य २०७४ मा सम्पन्न निर्वाचनमा प्रदेशसभा सदस्यको उम्मेदवार बनेको धेरैका लागि अप्रत्यारिलो थियो। पछि उनीसहित धेरै नेताले प्रष्टाए- तत्कालीन प्रदेश ३ ९हालको बागमती प्रदेश० को मुख्यमन्त्री बन्नेगरी शाक्य प्रदेशसभाको चुनाव लड्न लागेकी हुन्। प्रदेशसभा निर्वाचनबाट तत्कालीन नेकपा एमाले एक्लैले बागमती प्रदेशमा बहुमत ल्यायो। ११० सदस्यीय प्रदेशसभामा एमालेले चुनावी तालमेल गरेको तत्कालीन नेकपा माओवादी केन्द्रसमेत (हालको नेकपाको) को मत जोड्दा दुई तिहाइ भन्दा बढी ९७८ सदस्यीय० बहुमत पुग्थ्यो/पुग्छ।
नेपालमा राजनीतिक तहका कार्यकारी पदमा महिला नेतृत्वको मुद्दा पुरानै थियो। यद्पयी सार्थक सहभागिता हुनसकेको थिएन। त्यस्तो अवस्थामा संघीयता अभ्यास शुरू गरेको वर्ष एकजना मात्रै भए पनि मुख्यमन्त्री महिला शाक्य हुने भइन् भन्ने आशा आमरूपमा गरिएको थियो। आफूलाई प्रगतिशील राजनीति गरेको दावी गर्ने तत्कालीन नेकपा एमालेको एक्लै बहुमत पुगेको र भविष्यमा पार्टी एकता गर्ने घोषणहित चुनावी तालमेल गरेको माओवादीसँग मुख्यमन्त्रीको भागबन्डा गर्दा पनि प्रदेश ३ एमालेकै भागमा परेपछि त शाक्यलाई कसैले रोक्न नसक्ने अनुमान गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (dekhapadhi.com)