डोनाल्ड ट्रम्प रिपब्लिकन पार्टीको तर्फबाट फेरी राष्ट्रपति पदको लागि उम्मेदवार घोषित
canadanepal.com · Tue Aug 25 03:29:02 UTC 2020
काठमाडौँ। डोनाल्ड ट्रम्प रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपति पदको लागि फेरी उम्मेदवार घोषित भएका छन्। रिपब्लिकन पार्टीले आगामी नोभेम्बरमा हुन लागेको अमेरिकी राष्ट्रपति चुनावको लागि ट्रम्पलाई फेरी दोश्रो कार्यकालको लागि मनोनित गरेको छ।
रिपब्लिकन दलको राष्ट्रिय भेलामा राष्ट्रपति पदको उम्मेद्वारको रूपमा डोनाल्ड ट्रम्पको नाम अघि सारिएको छ भने उप राष्ट्रपतिका पद लागि माइक पेन्सको नाम अगाडी बढाएको छ।
आगामी नोभेम्बर ३ मा हुन लागेको अमेरिकी राष्ट्रपतिको चुनावमा डेमोक्र्याटिक पार्टीको तर्फबाट राष्ट्रपति पदका लागि जो बाइडेन र उप राष्ट्रपति पदका लागि कमला ह्यारिसले रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प र पेन्ससँग प्रतिस्पर्धा गर्ने छन्।
भाद्र ९, २०७७ मंगलवार ०९:१४:०२ बजे : प्रकाशित
सम्बन्धित विषय:
# डोनाल्ड ट्रम्प
# राष्ट्रपति पदको लागि उम्मेदवार
क्यानाडानेपाल डेस्क
लेखकबाट थप
अर्को
समाचार
विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८ लाख १७ हजार नाघ्यो, हेर्नुहोस् कुन देशमा कति संक्रमित र मृत्यु (अपडेट)
क्यानाडानेपाल डेस्क
भाद्र ९
152
SHARES
काठमाडौं - कोरोनाभाइरसका कारण विश्वभरमा ज्यान गुमाउने र संक्रमितको संख्या बढ्दै गइरहेको छ । कोरोनाको संक्रमणबाट अमेरिका, ब्राजिल, भारत, रसिया लगायतका ठुला देशहरु बढी प्रभावित भएका छन् ।
यस्तै वर्ल्डोमिटर्सको तथ्यांक अनुसार मंगलबार बिहानसम्म विश्वभरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ लाख १७ हजार ५ पुगेको छ भने संक्रमितको संख्या २ करोड ३८ लाख ९ हजार २ सय ५२ पुगेको छ । यस्तै विश्वभरमा कोरोनाबाट संक्रमण भएका १ करोड ६३ लाख ५९ हजार ४३ जना उपचारपछि निको भएका छन् ।
हालसम्म अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट १ लाख ८१ हजार १ सय १४ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ५९ लाख १५ हजार ६ सय ३० पुगेको छ ।
त्यस्तै ब्रजिलमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या १ लाख १५ हजार ४ सय ५१ पुगेको छ भने संक्रमितको संख्या ३६ लाख २७ हजार २ सय १७ पुगेको छ । त्यस्तै अर्को देश रसियामा कोरोनाबाट मृत्यु हुनेको संख्या १६ हजार ४ सय ४८ पुगेको छ भने संक्रमितको संख्या ९ लाख ६१ हजार ४ सय ९३ पुगेको छ ।
भाद्र ९, २०७७ मंगलवार ०८:४५:२८ बजे : प्रकाशित
सम्बन्धित विषय:
# विश्व
# कोरोनाभाइरस
क्यानाडानेपाल डेस्क
लेखकबाट थप
भारतमा ५ तल्ले भवन भत्कँदा करिब ५० जना पुरिए
क्यानाडानेपाल डेस्क
भाद्र ९
72
SHARES
एजेन्सी - भारत महाराष्ट्र ५ तल्ले भवन भत्किएको छ । महाराष्ट्रको रायगढ जिल्लामा रहेको घर भत्किदा झण्डै ५० जना पुरिएको भारतिय मिडियामा जनाइएको छ ।
५ तल्ले घर सोमबार साझँ भत्किएको हो । भवन भत्किादा पुरिएकाहरुको अहिले उद्धार कार्य भइरहेको जनाइएको छ ।
भारतिय मिडियाका अनुसार रायगढ जिल्ला प्रशासनले चारवटा उद्धार टोलीद्वारा उद्धार गरिरहेको छ । भवन भत्किन लाख्दा केही मानिसहरु भागेर बाहिर निस्किएको बताइएको छ । भत्किएको यो घर करिब १० बर्ष अगाडी बनाइएको बताइएको छ ।
भाद्र ९, २०७७ मंगलवार ०८:२४:५५ बजे : प्रकाशित
सम्बन्धित विषय:
# भारत
क्यानाडानेपाल डेस्क
लेखकबाट थप
भारतमा भयावह बन्दै कोरोना, एकैदिन थपिए साढे ५९ हजार बढी संक्रमित
क्यानाडानेपाल डेस्क
भाद्र ९
88
SHARES
काठमाडौं । भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमणबाट मृत्यु र संक्रमित हुनेको संख्या बढ्दै गइरहेको छ । भारतमा हरेक दिन ५० हजार भन्दा बढस्को दरमा कोरोना संक्रमित फेला पर्न थालेका छन् ।
वल्डोमिर्टस तथ्यांकका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ५९ हजार ६ सय ९६ जना कोरोना संक्रमित फेला परेका छन् । यससँगै भारतमा कोरोना संक्रमितको कुल संख्या ३१ लाख ६४ हजार ८ सय ८१ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा ८ सय ५४ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५८ हजार ५ सय ४६ पुगेको छ ।
त्यस्तै हालसम्म २४ लाख ३ हजार १ सय १ कोरोना संक्रमित उपचारपछि निको भई घर फर्किसकेका छन् । भारतको महाराष्ट्र राज्य, तमिल नाडु, मुम्बइ, गुजरात लगायतमा सबैभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् ।
भाद्र ९, २०७७ मंगलवार ०८:०७:४३ बजे : प्रकाशित
सम्बन्धित विषय:
# भारत
# कोरोनाभाइरस
क्यानाडानेपाल डेस्क
लेखकबाट थप
नोभेम्बरमा हुन लागेको अमेरिकी राष्ट्रपतिको चुनावमा धाँधली हुने ट्रम्पको दाबी
क्यानाडानेपाल
भाद्र ९
40
SHARES
बीबीसी। अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पले रिपब्लिकन दलको राष्ट्रिय भेलामा पूर्व निर्धारित नगरिएको उपस्थिति जनाउँदै विपक्षी डेमोक्र्याटहरू नोभेम्बरको चुनाव धाँधली गर्न लागिपरेको दाबी गरेका छन्। दोस्रो कार्यकालका निम्ति पनि उनलाई राष्ट्रपतिको उम्मेदवार बनाउन रिपब्लिकन दलले स्वीकृती दिए लगत्तै ट्रम्प मञ्चमा आएर एक घण्टा सम्बोधन गरेका थिए।
उनले त्यहाँ आफूलाई जिताए अमेरिका अघि बढ्ने बताउँदै भने, "यो चुनाव हामीले जित्नै पर्छ। यो हाम्रो देशको इतिहासकै सबभन्दा महत्त्वपूर्ण चुनाव हो। सबभन्दा ठूलो हो। हाम्रो देश अत्यन्त खराब दिशामा जान सक्छ या त अझै राम्रो उचाइमा पुग्न सक्छ। चीनबाट प्लेग आउनु अगाडि हामी त्यही राम्रो दिशामा गइरहेका थियौँ।"
धाँधलीको दाबी
उनले हुलाकमार्फत् गरिने मतदानलाई डेमोक्र्याटहरूले दुरुपयोग गरेर चुनावमा धाँधली गर्न लागेको आरोप कुनै प्रमाण विना लगाएका छन्। यसपाली कोरोनाभाइरस महामारीका कारण हुलाकमार्फत् निकै सङ्ख्यामा मतदान हुने ठानिन्छ।
स्वतन्त्र विज्ञहरू भन्छन् अमेरिकामा मतदानमा दुर्लभै अनियमितता हुने गर्छ। ताजा मत सर्वेक्षणहरूमा ट्रम्प विपक्षी उम्मेदवार जो बाइडनभन्दा पछाडि परिरहेका छन्।
ट्रम्पका अगाडि ठूलो चुनौती
बीबीसीका उत्तर अमेरिका सम्वाददाता एन्थोनी जर्कर भन्छन् आधुनिक कालमा दोस्रो कार्यकाल जित्न अहिले ट्रम्पले सामना गरेजत्तिको चुनौती निकै कम अमेरिकी राष्ट्रपतिहरूले गर्नु परेको थियो।
मत सर्वेक्षणहरूमा ट्रम्प निरन्तर बाइडनको पछि परेका छन्। दुई बीचको दूरी थोरै तर उल्लेखनीय छ। ट्रम्पका निम्ति रिपब्लिकन दलको भेला यो स्थिति उल्ट्याउने उत्तम अवसर हुनसक्छ।
यो भेलामा ट्रम्पकी पत्नी मेलानियाका साथै उनका छोराछोरीहरू एरिक, जुनियर डोनल्ड, इभाना तथा टिफनीले पनि भाग लिनेछन्। उनीहरूले भेलालाई सम्बोधन पनि गर्दैछन्। बिहीवार ट्रम्पले भेलाको समापनमा महत्त्वपूर्ण सम्बोधन गर्नेछन्।
भाद्र ९, २०७७ मंगलवार ०७:५४:३४ बजे : प्रकाशित
सम्बन्धित विषय:
# अमेरिकी राष्ट्रपतिको चुनाव
# राष्ट्रपति डोनल्ड ट्रम्प
क्यानाडानेपाल
लेखकबाट थप
अरबको ग्यास पाइपलाइनमा भएको विष्फोटले सिरियामा पूर्ण अन्धकार
क्यानाडानेपाल डेस्क
भाद्र ८
932
SHARES
काठमाडौँ। अरबको ग्यास पाइपलाइनमा विष्फोटले सिरियामा पूर्ण अन्धकार छाएको छ। पाइपलाइनमा भएको विस्फोटले गर्दा सिरियाको बिजुली प्रशारण पूर्णरुपमा असर परेको छ। पाइपलाइनमा विष्फोट भएपछि सिरियामा पूर्ण ब्याकआउट भएको हो। सिरियाका उर्जामन्त्रीले सोमबार राज्यको एक टेलिभिजन मार्फत बिजुली गएको सूचित गरेका छन्।
अधिकारीहरूले विष्फोट सिरियाको एडे डुमायर सहर र राजधानी दमास्कसको उत्तरपश्चिमी आड्राको बीचमा भएको बताएछन् । पेट्रोलियम र खनिज संसाधन मन्त्री अली घनमले घटनाको प्रारम्भिक संकेत आतंकवादी समूहलाई देखाएको अरबको समाचार माध्यम अरब न्युजले जनाएको छ।
भाद्र ८, २०७७ सोमवार १८:२९:५० बजे : प्रकाशित
सम्बन्धित विषय:
# अरब
# ग्यास पाइपलाइन
# सिरियामा पूर्ण अन्धकार
क्यानाडानेपाल डेस्क
लेखकबाट थप
अमेरिकामा 'प्लाज्मा थेरापी' उपचारलाई अनुमति
क्यानाडानेपाल
भाद्र ८
104
SHARES
बीबीसी। अमेरिकाको खाद्य तथा औषधि प्रशासनसम्बन्धी नियामक निकाय एफडिएले कोरोनाभाइरसबाट निको भएकाहरूको रगतको प्लाज्मा तत्व अन्य बिरामीका लागि प्रयोग गर्न आकस्मिक अनुमति दिएको छ।
निको भएकाहरूको रगतको प्लाज्मामा भाइरस विरुद्ध बनेका एन्टीबडीलाई अरू बिरामीमा प्रयोग गरिने यो विधि हजारौँ मानिसमा प्रयोग गरिसकिएको छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै एफडिएले प्लाज्मा थेरापीको प्रयोगलाई अनुमति दिएको समाचार सुनाएका थिए।
प्लाज्मा दान गर्न अपिल
उक्त घोषणा गर्दै राष्ट्रपति ट्रम्पले यो विधिको प्रयोगमार्फत् कोरोनाभाइरसबाट हुने मृत्यु ३५ प्रतिशत कम हुने बताएका छन्। साथै उनले कोरोनाभाइरस सङ्क्रमणबाट निको भएकाहरूलाई प्लाज्मा दानको निम्ति आ-आफ्नो नाम दर्ता गर्न अपिल गरेका छन्। ट्रम्पले कोरोनाभाइरस विरुद्धको खोप पनि चाँडै बन्ने विश्वास व्यक्त गरे। कोरोनाभाइरस विरुद्धको लडाइँमा कुनै नतिजा निकाल्न ट्रम्पमाथि बढ्दो दबाब छ। कोरोनाभाइरसबाट अमेरिकामा ५६ लाख मानिस सङ्क्रमित छन् भने एक लाख ७६ हजार मानिसको ज्यान गइसकेको छ।
सतर्कता जरुरी
बीबीसी संवाददाता पीटर बोजका अनुसार एफडिएले दिएको प्रारम्भिक विवरण बमोजिम कोरोनाभाइरस सङ्क्रमितहरूमा सुरुकै अवस्थामा प्लाज्मा थेरापीको प्रयोग गर्दा एक महिनापश्चात् उनीहरू बाँच्ने सम्भावना ३५ प्रतिशतले बढेको पाइएको छ। प्रारम्भिक परीक्षणमा यो उपचार विधि सुरक्षित भएको पाइएको एफडिएले जनाएको छ।
तर यसको यथार्थ प्रभावकारिता थप क्लिनिकल ट्रायलपश्चात् मात्र यकीन गर्न सकिने वैज्ञानिकहरूले बताएका छन्। स्वतन्त्र वैज्ञानिकहरूले यसलाई ठूलै उपलब्धि मानिहाल्न हतारो गर्न नहुने बताएका छन्। कतिपय बिरामीमा यो विधिको खराब असर हुनसक्ने सम्भावना अहिले नै नकार्न नसकिने कैयन् वैज्ञानिकको भनाइ छ। अमेरिकामा करिब ७० हजार बिरामीमा यसको प्रयोग भएको बताइन्छ।
भाद्र ८, २०७७ सोमवार १८:०५:२७ बजे : प्रकाशित
सम्बन्धित विषय:
# 'प्लाज्मा थेरापी'
# कोरोना भाइरस
# अमेरिका
क्यानाडानेपाल
लेखकबाट थप
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)