दुबईमा काेराेनाका कारण थप एक नेपालीकाे मृत्यु, अर्घाखाँचीका मात्रै २ जना
farakdhar.com · Wed May 06 17:41:16 UTC 2020
दुबईमा अर्घाखाँचीका एक जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा नम्बर–८ नुवाकोट च्युरामाटीका युवराज गैरेको कोरोना संक्रमणका कारण दुबईमा मृत्यु भएको हो । बिगत १५ वर्षदेखि दुबईमा रोजगारी गर्दै आएका ४७ वर्षीय गैरेको बैशाख २१ गते कोरोना संक्रमणका कारण ज्यान गएको परिवारले जानकारी दिएको छ ।
स्वास फेर्न गाह्रो हुने तथा ज्वरो आउने समस्या बढेपछि उनलाई अस्पताल लगिएको थियो । सुरुमा निमोनिया देखिएर अस्पताल भर्ना भएका उनको कोरोना भाइरसका कारण ज्यान गएको अस्पताललाई उद्धृत गर्दै परराष्ट्र सेवा कन्सुलरले जानकारी दिएको गैरेकी श्रीमती शान्ता गैरेले बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)