अर्काको घरको तस्विर देखाएर रकम निकालेका तारकेश्वर ५का वडा अध्यक्ष गजुरेल वाध्य भए रकम बुझाउन
hamrakura.com · Wed Oct 21 17:08:00 UTC 2020
नुवाकोट । तारकेश्वर गाउँपालिकामा नेकपाबाट निर्बाचित ५ न वार्ड अध्यक्ष चुडामणी प्रसाद गजुरेलले गाउँपालिका प्रमुख रमेश बहादुर वस्तीको मिलेमतोमा भुकम्प पिडितले पाउने राहतमा किर्ते गरि रकम लिएपनि रकम फिर्ता गर्न वाध्य भएका छन् ।एकाघर बस्ने आफ्नो आमाको नाममा राहत रकम लिइसके पनि वडा अध्यक्ष चुडामणी प्रसाद गजुरेलले आफ्नो नाम पनि लाभग्राहीमा हालेका थिए ।
चरम विवाद हुँदाहुँदै पनि राजनीति शक्तिको आडमा उनी नाम हाल्न सफल भएपनि सर्वत्र विरोध सहित हाम्राकुरामा समाचार आएपछि उनी जिल्ला आयोजना कार्यान्वयन इकाईमा रकम बुझाउन वाध्य भएका हुन् । स्थानियहरुको बिरोधका बाबजुद लाभग्राहीमा नाम राखेर घरनै नबनाइ अर्कै लाभग्राहीको डीपीसी गरेको घरको तस्विर राखि रकम निकासा गराएका उनको समाचार हाम्राकुराले प्रकाशन गरेको थियो । गजुरेल भएकै घरको तस्विर राखि मन्सुरी तामाङले दोस्रो किस्ता रकम लिइसकेकी थिइन् । नयाँ इन्जिनियर आएको मौका छोपि अध्यक्षले पुन सोहि घरमा बसेर फोटो खिचाइ घरै नबनाइ दोस्रो किस्ता रकम समेत लिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)