नभाल्नी घटना: नभाल्नीको समूहले घातक ‘नोविचोक विष’बारे बोतल प्रमाण टम्स्कमा फेला पार्यो
livemandu.com · Sun Sep 27 18:11:55 UTC 2020
रुस । रूसका विपक्षी नेता एलेक्सी नभाल्नीलाई साइबेरियामा बेहोशीको हालतमा गत अगष्ट, २०२० मा भेटिएपछि अस्पतालमा भर्ना गरिएको थियो । रूसका लोकप्रिय भ्रष्टाचार विरोधी नेता नभाल्नी विमान यात्राका क्रममा अचानक बिरामी भएका थिए । उनको स्वास्थ्य अत्यन्तै नाजूक हुनथालेपछि विमानलाई ओम्स्कमा आपतकालीन अवतरण गराइएको थियो ।
अत्यन्तै जटिल स्वास्थ्य उपचारको प्रक्रियाबाट गुज्रिएका रुसका प्रमुख विपक्षी नेता एलेक्सी नभाल्नी अहिले सञ्चो हुने प्रक्रियामा छन् । यिनको स्वास्थ्यको उच्च प्राथमिकता दिदैं थप उपचारका जर्मनले बर्लिन लगेको थियो । जर्मन चिकित्सक टोलीले नभाल्नीलाई तातो चियामा ‘टक्सीर नर्भ एजेन्ट’ दिएर बिरामी पारिएको ठोकूवा गरेका थिए । रुसमा राष्ट्रपति पुटिनको सबैभन्दा कट्टर आलोचक तथा प्रभावशाली युवा नेता एलेक्सी नभाल्नीमाथी भएको यस घृणित कार्यमा रुससँग रुष्ठ पश्चिमी देशहरुले दूरी बढाउन थालेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (livemandu.com)