वीरगन्जमा थप दुई जनाको कोरोना संक्रमणका कारण निधन
kathmandupress.com · Sat Aug 01 17:46:34 UTC 2020
काठमाडौं, साउन १७ : कोरोना भाइरसको गम्भीर असर देखिएको वीरगन्जमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। शनिबार मृत्यु हुनेमा एक जना ५० र अर्को ६८ वर्षीया महिला रहेका छन् ।
नारायणी कोरोना अस्थायी अस्पतालका चिकित्सक निरज सिंहका अनुसार दुवै महिला वीरगन्ज १६ निवासी हुन्। ५० वर्षीया महिलाको भने शुक्रबारै वीरगन्जस्थित बयोधा अस्पतालमा बिहान १० बजे निधन भएको थियो। पछि पिसिआर नतिजा आउँदा उनमा संक्रमण पोजेटिभ देखिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupress.com)