सभापतिमा निर्वाचित हुन २ हजार २८२ मत चाहिने
annapurnapost.com · Tue Dec 14 23:33:00 GMT 2021
काठमाडौं: नेपाली कांग्रेसको सभापति चयनका लागि भएको दोस्रो चरणको मतदानको मतगणना सुरु भएको छ। कांग्रेस सभापति बन्न २ हजार २८२ मत चाहिने भएको छ।
१४औं महाधिवेशनअन्तर्गत मंगलबार भएको दोस्रो चरणको मतदानमा ४ हजार ५६२ मत खसेको छ। बहुमत ल्याउने उम्मेदवार सभापतिमा निर्वाचित हुने प्रावधान भएकाले सभापति निर्वाचित हुन २ हजार २८२ मत चाहिने भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)